मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ वर्षपछि नगदेशमा ऐतिहासिक ‘पुलुकिसी जात्रा’

nagariknews.nagariknetwork.com · Sun Feb 09 15:53:16 GMT 2025

१२ वर्षदेखि रोकिएको भक्तपुरको मध्यपुर थिमि–नगदेशस्थित ऐतिहासिक पुलुकिसी जात्रा आइतबार भव्य रूपमा सम्पन्न भएको छ। खर्च व्यवस्थापन गर्न नसक्दा बन्द भएको यो जात्रा यस वर्ष स्थानीय जनताको सक्रियतामा पुनः सञ्चालन भएको हो।

नगदेश लाय्कु दरबार समितिको अगुवाइमा जात्राले नयाँ जीवन पाएको छ। परम्परागत रूपमा राजकुमारले जात्रामा सहभागी सबैलाई भोज खुवाउने चलन थियो। तर, राजकुमार बन्ने व्यक्तिको अभावका कारण जात्रा निरन्तरता पाउन सकेको थिएन। यसपटक सामूहिक निर्णय गर्दै सामूहिक खर्चमै भोजको व्यवस्था गरिएकाले जात्रा पुनः सुरु गर्न सम्भव भएको स्थानीयले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)