मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

पुस्तकालयले आफ्नै जग्गामा बनेको भवन नपाउँदा सेवा प्रवाहमा समस्या

barnanmedia.com · Thu Aug 29 23:28:24 UTC 2024

काठमाडौँ, १४ भदौः काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयले आफ्नै जग्गामा बनेको भवन नपाउँदा सेवा प्रवाहमा समस्या भएको छ ।

विसं २०६० असोज ८ गते स्थापना भएको पुस्तकालय अहिले पनि भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को भवन भाडामा लिएर सञ्चालन भइरहेको छ । पुस्तकालयले परिषद्को दुईवटा भवन भाडामा लिएर पाठकलाई सेवा दिइरहेको छ । दुवै भवन तोकिएको २५ प्रतिशतमात्र शुल्क तिर्नेगरी सम्झौता गरेर सञ्चालन भइरहेको छ । परिषद्ले हालै पुस्तकालयलाई पत्र लेखी दुई भवनको गरी वार्षिक रु छ लाख लिनुपर्ने भनी पत्राचार गरेको छ । अहिलेसम्मको यो रकम रु दुई करोड हुने भन्दै परिषद्ले पुस्तकालयलाई पत्राचार गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)