सरकारी नीतिले व्यवसायमा समस्या ल्याएको अध्यक्ष अञ्जन श्रेष्ठको आरोप
ajakoartha.com · Fri May 29 09:25:00 GMT 2026

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी नीतिका कारण व्यवसायमा विभिन्न चुनौतीहरू उत्पन्न हुने गरेको बताएका छन् । नेपाल रत्न तथा आभूषण संघले महासंघको नयाँ नेतृत्वलाई बधाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले सुन, चाँदी, हिरा तथा बहुमूल्य पत्थरको व्यवसाय बाहिरबाट आकर्षक देखिए पनि भित्र चुनौतीपूर्ण रहेको बताए ।
श्रेष्ठले विगतमा कार्पेट, गार्मेन्ट र पस्मिना जस्ता उद्योगहरू नीतिगत समस्याकै कारण खस्किएको उदाहरण दिँदै नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे । उनले महासंघले मूल्य अभिवृद्धिकर हटाउने र सुनमा लगाइने विलासिता कर न्यून गर्न सरकारलाई सुझाव दिएको जानकारी पनि दिए ।
कार्यक्रममा व्यवसायीहरूले पनि हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको कर हटाउन, खुला सिमाना र कच्चा पदार्थ अभावजस्ता समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)