मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गरिबलाई पढाउन प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख

barnanmedia.com · Sun Feb 09 21:51:53 GMT 2025

काठमाडौँ, २८ माघः गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन भएको छ ।

विद्यार्थीलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउन बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्यापन हुने यो शिक्षालयमा अर्थाभावका कारण अध्ययन गर्न अक्षम गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापित उक्त कोषमा त्यति रकम जम्मा भएको शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)