मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहाको लहानमा साँझ गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन

barnanmedia.com · Sun Feb 09 22:43:48 GMT 2025

सिरहाको लहानमा आईतवार साँझ गाउँ ब्लक जग्गाको समस्या समाधान गर्न माग गर्दै स्थानीयहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् । सयौँको सहभागीमा दुर्गा मन्दिरबाट निकालिएको मसाल जुलुस मालपोत कार्यालय अगाडि कोणसभामा परिणत भएको छ । उनीहरुले गाउँ ब्लक जग्गाको नापी, लालपुर्जा वितरण र अध्यावधिक गर्न माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका छन् ।

संघर्ष समितिका संयोजक अरुण केसीका अनुसार लहानका २४ वटै वडामा यो समस्या छ । समस्याले गर्दा हजारौँ नगरवासीहरु ५० वर्षभन्दा पहिलेदेखि पीडामा परेको उनको भनाइ छ । ‘यहाँ वर्षौंदेखि बसोबास गरेका स्थानीयहरुको केही जग्गा गाउँ ब्लकमा छ । जसमा घरहरु समेत रहेका छन । केहीलाई निस्सा वितरण र लालपुर्जा पनि दिएको छ तर, अध्यावधिक नहुँदा किनबेच र बैंकमा राखेर आफ्नो काम गर्न पाएको छैन’ संयोजक केसीले भने, ‘सबै समस्या समाधान नभए सम्म हामी आन्दोलन रोक्दैनौँ ।’ करिब ७ हजार बढीको जग्गा पनि नापी नभएको संयोजक केसीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)