मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक जारी

annapurnapost.com · Fri May 29 09:33:38 GMT 2026

काठमाडौं : मन्त्रिपरिषद‍् बैठक सुरू भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्न प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।

मन्त्रिपरिषदबाट पारित भएपछि बजेट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको सीमा (सिलिङ) १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको थियो। तर,सरकारले आयोगको सीमाभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार आयोगको उक्त सीमा नाघेर केही ठूलो आकारको बजेट आउने निश्चित भएको जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)