‘यस वर्ष सम्पन्न हुने योजनामा पर्याप्त बजेट’
gorkhapatraonline.com · Mon Sep 14 04:21:07 GMT 2026

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट (सरल) ले चालु आर्थिक वर्षमा सम्पन्न हुन सक्ने योजनामा प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्ने बताउनुभएको छ ।
चालु आवका लागि नयाँ बजेट निर्माणको प्रक्रियामा प्रदेश सरकार जुटेका बेला आइतबार पत्रकार सम्मेलन गरी मन्त्रीले यसै वर्ष सम्पन्न हुने योजनामा पर्याप्त बजेट विनियोजन गरिने बताउनुभएको हो । उहाँले सुरु हुन नसकेका वा प्राविधिक कारण अथवा ठेकेदारका कारणले समस्या आएका योजनामा भने कानुनी बाटो रोजेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)