मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद

ratopati.com · Mon Jun 22 05:12:10 GMT 2026

काठमाडौँ । प्रहरीले सुनसरीस्थित कोशी नदीको किनारबाट १६८ केजी गाँजा बरामद गरेको छ । बराहक्षेत्र नगरपालिका–१ सत्र नम्बर स्थित कोशीको किनारबाट बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

९ वटा प्लास्टिकका बोरामा फेला परेको गाँजा ट्युब र बाँसको सहयोगमा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)