रहेनन् पूर्वमन्त्री राजेन्द्र खरेल
setopati.com · Mon Jun 22 05:12:00 GMT 2026

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ।
८० वर्षका उमेरमा उनको आइतबार बेलुकी निधन भएको हो। उनको काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गरिएको थियो।
उनको आइतबार बेलुकी निधन भएको उनका छोरासमेत रहेका पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिए।
उनलाई कांग्रेसभित्र ‘सादगी’ नेताका रूपमा चिनिन्छ। केही वर्षदेखि उनी ‘दम’ बाट पीडित थिए।
राजेन्द्र २०५६ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेता खरेल प्रजातन्त्र स्थापनापछि शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीसमेत भएका थिए।
खरेलको शव श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार खरेलको अन्त्येष्टि आजै दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)