सुनचाँदीको मूल्य बढ्यो
baahrakhari.com · Mon Jun 22 05:11:58 GMT 2026

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँ बढेको छ ।
छापावाल सुनप्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबार दुई लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ७३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।
#सुनचाँदी
#मूल्य
#नेपाली बजार
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)