आठ वर्षसम्म पनि पूरा भएन प्रदेश गौरवको सडक
gorkhapatraonline.com · Mon Sep 14 04:25:28 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको दार्चुलास्थित निर्माणाधीन खलङ्गा–खार–देथला–पारीबगड सडकखण्ड आठ वर्षसम्म पनि निर्माण पूरा हुन सकेको छैन ।
कुनै बेला बजेट अभावले त कुनै बेला बाढीपहिरोले क्षति गर्दा सडक निर्माणमा खासै प्रगति हुन सकेको छैन । सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४, बङ्गाबगडदेखि नौगाड गाउँपालिकाको दल्लेख हुँदै मार्मा र अपिहिमाल गाउँपालिकालाई जोड्ने प्रदेश गौरवको सडकलाई आव २०७५/७६ मा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको सडक घोषणा गरी निर्माण सुरु गरेको थियो ।