हुने भयो सरकारी भवनको बिमा
gorkhapatraonline.com · Mon Sep 14 04:29:27 GMT 2026

भूकम्प र गत वर्षको जेनजी आन्दोलनमा अर्बौं रुपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बिमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको छ । भूकम्प र आन्दोलनका क्रममा सरकारी संरचनामाथि भएको क्षतिले राज्यकोषमा ठुलो आर्थिक भार थपिएपछि बागमती प्रदेश सरकारले प्रदेशमातहतका सबै सरकारी भवनको बिमा गर्ने तयारी थालेको हो ।
सरकारी भवनमा भएको क्षति मर्मत तथा पुनर्निर्माणमा ठुलो रकम खर्चिनु परेपछि प्रदेश सरकारले भविष्यमा यस्ता अप्रत्याशित घटनाबाट राज्यकोषमा पर्ने आर्थिक दायित्व कम गर्ने रणनीति अन्तर्गत चालु आर्थिक वर्ष २०८३/८४ देखि सबै सरकारी कार्यालयका भवनको बिमा गर्न प्रक्रिया सुरु गरेको बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)