मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, 'मेड इन मधेश' नारामा जोड
shilapatra.com · Fri May 29 09:54:52 GMT 2026

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उत्पादनमुखी अर्थतन्त्र, कृषि आधुनिकीकरण र स्थानीय उत्पादनको प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ । शुक्रबार प्रदेशसभामा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रस्तुत गरेको २७ पृष्ठको नीति तथा कार्यक्रममा ‘मेड इन मधेश, समृद्ध प्रदेश’ तथा ‘उद्यमशील मधेश, आत्मनिर्भर देश’ भन्ने नारालाई केन्द्रमा राखिएको छ ।
सरकारले यस वर्षको नीति तथा कार्यक्रमलाई अघिल्ला वर्षभन्दा केही फरक ढंगले ल्याएको दाबी गरेको छ । नीति निर्माण प्रक्रियामै यसपटक मधेश प्रदेश नीति आयोगको प्रत्यक्ष संलग्नता रहेको बताइएको छ । मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष राजकुमार सिंहले नीति तथा कार्यक्रम आयोगकै प्राविधिक टोलीले तयार गरेको जानकारी दिएका छन् । उनका अनुसार यसपटक कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रलाई केन्द्रमा राखेर कार्यक्रम बनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)