हुथी आक्रमणमा यमनमा ५०० सरकारी सैनिकको मृत्यु
arthasansar.com · Mon Sep 14 04:37:49 GMT 2026

यमनका सरकारी सुरक्षा बलले पश्चिमी तटमा महिनाभर चलेको लडाइँमा ५०० भन्दा बढी सैनिक मारिएको बताएको छ । करिब एक हजार ५०० सैनिक घाइते भएका छन् । यमनका सरकारी सुरक्षा बलहरूले रणनीतिक बाब अल–मान्देब जलमार्गतर्फ हुथी विद्रोहीहरूले तीव्र रूपमा सैन्य प्रगति गरिरहेका बेला यो जानकारी बाहिर आएको सिन्ह्वाले जनाएको छ ।
अल–जुम्हुरिया टिभी द्वारा प्रसारित वक्तव्यमा सरकारको ‘नेसनल रेसिस्टन्स फोर्सेस’ले अगस्ट ९ देखि सेप्टेम्बर १० बीच यी क्षति भएको जनाएको छ । सोही अवधिमा एक हजार भन्दा बढी हुथी सदस्य मारिएको र हजारौँ घाइते भएको समाचारमा उल्लेख छ । यद्यपि, यी तथ्यांबहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)