हरितालिका तिज : टिकटक र सेल्फीमय पशुपति परिसर
khabarhub.com · Mon Sep 14 04:39:34 GMT 2026

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व सोमबार देवादिदेव महादेवको पूजा-आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव-पार्वतीको पूजा र उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ। सोमबार पशुपतिनाथ परिसरमा व्रत बसेर पूजापाठका लागि पुगेका महिला र दिदीबहिनी सेल्फी खिच्न व्यात देखिएका छन् ।
धर्मशास्त्रीय रूपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत बस्नुपर्ने विधान भए पनि सामाजिक रूपमा भने महिलाहरूले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने पर्वका रूपमा लिइँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)