मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

एकै दिन ४३४.२ मिमिसम्म वर्षा

ekantipur.com · Sat Aug 28 01:03:10 GMT 2021

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहान ८:४५ बजेदेखि शुक्रबार बिहानसम्म पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तु तथा नवलपुरमा अत्यधिक वर्षा भएको छ । नवलपरासीको बतासामा २४ घण्टामा ४३४.२ मिलिमिटर वर्षा मापन भएको छ । यो वर्षा यस वर्ष मापन गरिएको दैनिक वर्षामै सबभन्दा बढी हो ।

विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार बतासा केन्द्रमा १० मिनेटमा २१ मिमिसम्म वर्षा भएको छ । १ मिनेटमा १ मिमि वर्षा हुँदा पनि भल बग्छ । ‘थोरै समयमा धेरै वर्षा भयो भने बाढी, पहिरो र डुबानको सम्भावना बढी हुन्छ,’ उनले भनिन्, ‘६० मिमि एक घण्टामा पर्नु र १२ वा ६ घण्टामा ६० मिमि वर्षा हुनुमा एक घण्टावालाले जित्छ, घातक पनि हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)