मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

nepalsamaya.com · Mon Jun 22 05:29:03 GMT 2026

काभ्रेपलाञ्चोक- पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ। नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित थिए।

काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा गए राति उनको निधन भएको छोरा महेश खरेलले जानकारी दिए। महेश पाँचखाल नगरपालिकाका प्रमुख हुन्।

सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा विसं २००३ मा काभ्रेको खरेलथोकमा जन्मिएका राजेन्द्र विसं २०५६ को आम निर्वाचनमा काभ्रेपबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिएका नेता खरेल प्रजातन्त्र स्थापनापछि शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)