नेपाल एफएटीएफको फेरि ग्रे लिस्टमै
nepalviews.com · Mon Jun 22 05:28:20 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय अपराध निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई अझै पनि ‘बढी निगरानीमा रहेका मुलुक’ (ग्रे लिस्ट) मै कायम राखेको छ। हालै सम्पन्न एफएटीएफको पूर्ण बैठकपछि सार्वजनिक गरिएको अद्यावधिक विवरणमा नेपालले मनी लन्डरिङ, आतङ्कवादी वित्तीयकरण तथा विनाशकारी हतियारको वित्तीयकरण नियन्त्रणसम्बन्धी प्रणाली सुधारमा गरेको प्रगतिबारे पुनः समीक्षा गरिएको उल्लेख छ।
एफएटीएफले फेब्रुअरी २०२५ मा नेपाललाई ग्रे सूचीमा राखेको थियो। त्यसयता नेपालले सुधारका लागि कार्ययोजना कार्यान्वयन गरिरहेको छ। पछिल्लो समीक्षामा पनि नेपालले आफ्नो प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ