एमसिसीको प्रसारण लाइन नौ महिनामै तयार
gorkhapatraonline.com · Mon Sep 14 04:40:50 GMT 2026

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत सीमापार जोड्ने प्रसारण लाइन निर्माणको काम समयमै सम्पन्न भएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले चार सय केभी न्यु बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको निर्माण कार्य शिलान्यासको नौ महिनामै सम्पन्न गरेको हो । प्रसारण लाइनको गत मङ्सिरमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो ।