बार्सिलोनाको मैदानमा रियलको जित
makalukhabar.com · Sun Oct 24 17:13:07 GMT 2021
काठमाडौँ । स्पेनिस लालिगा अन्तर्गत जारी सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले २-१ को जित दर्ता गरेको छ। बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा जित निकालेसँगै रियल अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ।
३२ औ मिनेटमा डेबि अलबाको गोलमार्फत रियल म्याड्रिडले अग्रता लिएको थियो। ९० मिनेटसम्म १-० को अग्रता बनाएको रियलले ७ मिनेट थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा दोस्रो गोल थप्यो। मार्को एसन्सियोले गरेको प्रहार गोलरक्षक टेर स्टेगनले रोक्दा पाएको रिबाउन्डलाई लुकास भाजक्वेजले गोलमा परिणत गरेका थए।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)