पाँच वर्षमा पनि बनेन रावा खोलाको झोलुङ्गे पुल
gorkhapatraonline.com · Fri May 29 10:04:05 GMT 2026

रावा खोलामा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र परेको छ । खोटाङको केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका जोड्ने रावा खोला झोलुङ्गे पुल अलपत्र परेको हो ।
केपिलासगढी –४ र ऐसेलुखर्कको राखाबाङदेल जोड्ने झोलुङ्गे पुल २०७८ फागुन ४ गते उपभोत्ता समितिमार्फत निर्माण गर्नेगरी सम्झौता भएको थियो । तर, सम्झौता भएको करिब पाँच वर्ष पुग्न लाग्दा हालसम्म पुल निर्माणको काम सम्पन्न भएको छैन् । भौतिक पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत निर्माण सुरु भएको उक्त पुल २०८० भदौ ३ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)