फर्स्टलूकमा ‘आ बाट आमा २’: चर्किएको घर, चर्किएको मन अनि आमाको पर्खाइ
kalakarmi.com · Mon Sep 14 04:46:36 GMT 2026

काठमाडौं– ‘चर्किएको यो घरले फेरि सोध्यो…यो दशैँमा पनि तिम्रो सन्तान आएन है आमा ?’ स्लोगनसहित नयाँ नेपाली फिल्म ‘आ बाट आमा २’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । हरितालिका तीजको अवसर पारेर निर्माण टिमले सोमवार बिहान फिल्मको पहिलो झलक सार्वजनिक गरेको हो ।
सार्वजनिक फस्टलुक पोस्टरमा चाडपर्वका बेला नेपाली समाजले भोगिरहेको पारिवारिक विछोड, आमाको पर्खाइ अनि भत्किँदै गएको सामाजिक परिवेशलाई कलात्मक ढङ्गले समेटिएको छ । पोस्टरको पृष्ठभूमिमा रहेका फुटेका सिसा र पुराना तस्विरहरूले भत्किएको परिवार र छिन्नभिन्न भएका यादहरूलाई सङ्केत गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)