एमाले महाधिवेशन प्रतिनिधि छनोटमा तीव्र प्रतिस्पर्धा
ekantipur.com · Sat Nov 29 17:10:12 GMT 2025

काठमाडौँ — एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयनमा तीव्र प्रतिस्पर्धा भएको छ । सबै जिल्लामा सर्वसम्मत गर्न प्रयास भए पनि एक दर्जनभन्दा बढी जिल्लामा निर्वाचन भएको हो ।
पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा हुने निश्चित भएकाले दुवै पक्षले प्रतिनिधि चयनमा ध्यान दिएका हुन् । पार्टी केन्द्रबाट सकेसम्म सर्वसम्मत प्रतिनिधि चयन गर्न अनौपचारिक निर्देशन भएको थियो । तर, तोकिएको कोटाभन्दा बढी आकांक्षी भएकाले निर्वाचन भएको हो । शनिबार ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)