मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघीय संसद्‌मा प्रस्तुत हुने बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

baahrakhari.com · Fri May 29 10:09:50 GMT 2026

काठमाडौं । सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संसद्‌मा प्रस्तुत हुने बजेट स्वीकृत गरेको हो ।

सरकारले स्वीकृत गरेको बजेट आज बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्दै छन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

#सरकार

#मन्त्रिपरिषद् बैठक

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)