सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
nagariknews.nagariknetwork.com · Mon Jun 22 05:34:24 GMT 2026

नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारउक्त सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)