मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्रिपरिषद‍् बैठकबाट बजेट पारित

annapurnapost.com · Fri May 29 10:12:31 GMT 2026

काठमाडौं : मन्त्रिपरिषद‍् बैठकबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद‍्को कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

आज अपरान्ह ४ बजे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद‍्बाट स्वीकृति हुने व्यवस्था छ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)