विद्युत् सर्ट भएर आगलागी हुँदा चार लाख २२ हजार रुपैयाँ बराबरको क्षति
gorkhapatraonline.com · Mon Jun 22 05:49:57 GMT 2026

धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा सोमबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ४ बजे स्थानीय शिवकुमार तुम्बाको टिनको छानो तथा काठपातले बनेको दुईतले घरमा अचानक आगलागी हुँदा घरको माथिल्लो तल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)