एमाले सल्यानबाट आठ प्रतिनिधि सर्वसम्मत चयन
gorkhapatraonline.com · Sat Nov 29 17:21:15 GMT 2025

सल्यानबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । खुल्ला ४ जना, महिला २ जना, युवा १ जना र दलित समुदायतर्फको प्रतिनिधि १ जना गरेर जम्मा ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएको एमाले सल्यानले जनाएको छ ।
खुलातर्फ भिमबहादुर सेन, ओजबहादुर बुढाथोकी, लालबहादुर रावत र घनश्याम शर्मा (थारमारे) चयन भएको एमाले सल्यानका प्रचार विभाग प्रमुख गणेशमान सिंहले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)