मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

याम्बालिङ र टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा

himalpress.com · Mon Jun 22 05:52:58 GMT 2026

काठमाडौँ- याम्बालिङ हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि दोस्रो बजारमा सुरु भएको छ।

नेप्सेको स्पेसल प्रि-ओपन सेसनमा दुवै कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। यही मूल्यलाई आधार मानेर नियमित कारोबार सञ्चालन हुनेछ।

याम्बालिङ हाइड्रोपावरको सेयर ‘वाईएमएचएल’ र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयर ‘टीपीकेएचएल’ संकेतमा कारोबारका लागि खुला गरिएको छ।

दुवै कम्पनीको आईपीओ गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।

याम्बालिङ हाइड्रोपावरले सर्वसाधारणलाई निष्कासन गरेको २८ लाख कित्ता तथा संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ७० लाख कित्ता सेयर सूचीकृत गराएको छ।

त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणतर्फको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापकतर्फको ७७ लाख ६९ हजार ३३२ कित्ता गरी कुल १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको छ।

नेप्सेले दुवै कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य दायरा (प्राइस रेञ्ज) निर्धारण गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)