एमाले कार्यदल बैठक सकिँदै
ratopati.com · Mon Sep 14 05:09:19 GMT 2026

काठमाडौँ । दुई दिनदेखि काभ्रेको पनौतीस्थित बल्थली रिसोर्टमा जारी एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको आवासीय बैठक आज सकिँदैछ । कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव तथा महासचिव शङ्कर पोखरेलले तयार पारेका दुई प्रतिवेदन समेटेर एउटै प्रतिवेदन बनाउने विषयमा नेताहरूबिच घनिभूत छलफल भइरहेको बताइएको छ ।
एमाले सचिवालय बैठकले गत जेठ १० गते उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले देशभर सुझाव सङ्कलन गरेर सदस्यसचिव शङ्कर पोखरेललाई असार २५ गते प्रतिवेदन मस्यौदा गर्ने जिम्मा दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)