कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार घटनाको विरोधमा चक्काजाम
ratopati.com · Wed Sep 06 23:01:00 GMT 2023
जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनाको विरोधमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ मा विरोध प्रदर्शन गरिएको छ। घाइते यादवको निर्वाचन क्षेत्र समेत रहेको क्षेत्र नम्बर ४ को जनकपुरधाम–ढल्केवर सडकखण्डको लक्ष्मीनिया बजारमा चक्काजाम गरिएको हो ।
चक्काजामका कारण सयौं सवारी साधनहरु रोकिएका छन् । सवारी साधनहरु रोकिएपछि यात्रुहरु अलपत्र परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)