मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आयात बढ्यो निर्यात घट्यो

gorkhapatraonline.com · Mon Oct 30 06:09:48 GMT 2023

काठमाडौँ, कात्तिक १३ गते । चालु आर्थिक वर्षको तीन महिनामा आयात बढेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको हो । साउन र भदौमा कमी भएको आयात भने असोजमा आएर बजारमा माग बढेसँगै आयातमा केही सुधार देखिएको हो । यस वर्षको दसैँ ढिला भई कात्तिकमा पुगेकाले चाडपर्वका लागि हुने खपतका लागि आयात बढेको हो ।

विभागका अनुसार असोज मसान्तसम्म चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको विभागले जनाएको छ । गत वर्ष तीन महिनामा चार खर्ब ९९ करोड रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो । चालु आवको साउनमा १.५६ प्रतिशत र भदौमा ५.०६ प्रतिशतले आयात घटेको थियो । तीन महिनाको अवधिमा निर्यात २.२६ प्रतिशतले कमी आई ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपियाँको निर्यात भएको छ । गत वर्ष सो अवधिमा ४१ अर्ब ८२ करोड एक लाख ९३ हजार रुपियाँको वस्तु निर्यात भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)