मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

ratopati.com · Mon Jun 22 05:59:06 GMT 2026

झापा । पछिल्लो समय लागुऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ । नेपालको पूर्वी जिल्ला झापामा पनि यो सामाजिक समस्याकै रुपमा अघि बढिरहेको छ । जिल्ला कारागार र प्रहरी हिरासतमा लागुऔषध सेवन र कारोबारमा संलग्न अभियुक्तको सङ्ख्या पनि ठूलो छ ।

अहिले झापा मात्रै लागुऔषधका सक्रिय प्रयोगकर्ता र ओसारपसारमा संलग्नको २० हजारभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसुन्धरा खड्काले बताइन्। लागुऔषधका ओसारपसार र सेवन गरेको अभियोगमा झापामा नौ सयभन्दा बढी व्यक्ति कारागार र हिरासतमा रहेको उनले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय