मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भिरबाट लडेर खत्रीको मृत्यु

gorkhapatraonline.com · Mon Jun 22 06:01:12 GMT 2026

गुल्मीको रेसुङ्गा नगरपालिका –१२ बुढिझिर्मीका ३२ बर्षीय भेषबहादुर खत्रीको भिरबाट लडेर ज्यान गएको छ । स्थानीयले भेषबहादुर आइतबार राति लडेर भिरको चौतारीको रुखमा अड्किएको अवस्थामा सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी वल, नेपाल ३७ गुल्म, गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुदिप प्रसाईको कमाण्डमा खटिएको १३ जनाको सशस्त्र प्रहरीको टोलीले अचेत अवस्थाका खत्रीलाई उद्धार गरेर उपचारका लागि गुल्मी अस्पताल पठाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)