अलैँची टिप्न सुरु
gorkhapatraonline.com · Mon Sep 14 05:10:43 GMT 2026

लमजुङमा अलैँची टिप्न सुरु भएको छ । आठ हजारदेखि एक हजार दुई सय मिटर उचाइसम्म लगाइएका अलैँची टिप्न सुरु गरिएको हो । मर्स्याङ्दी गाउँपालिका–७, ताराचोक शेराका किसान किसान डम्बरसिंह अधिकारीले डम्बरसाई र जिर्मले जातको अलैँची पाकेकाले टिप्न सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार ताराचोकका किसानले ४० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैँची खेती गरेका छन् ।
स्थानीय इन्द्रप्रसाद तामाङले गाउँका सबै किसान अलैँची टिप्न व्यस्त रहेको बताउनुभयो । स्थानीयले खेर गइरहेको पाखोबारी र धानखेत मासेर अलैँची लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)