उत्तरी सीमामा चीनको विकास, नेपालको मौनता र बढ्दो प्राकृतिक जोखिम
aarthiknews.com

नेपाल र चीनबीचको सम्बन्ध केवल दुई छिमेकी मुलुकबीचको कूटनीतिक सम्बन्ध मात्र होइन; यो हिमालय, तिब्बत, सीमासुरक्षा, व्यापार, पूर्वाधार, वातावरण र नेपालको रणनीतिक स्वार्थसँग जोडिएको संवेदनशील विषय पनि हो । पछिल्लो दशकमा नेपालका राजनीतिक दलहरूले भारतसँगको सम्बन्धमा दबाब सिर्जना गर्न चीनसँगको सम्बन्धलाई रणनीतिक विकल्पका रूपमा प्रस्तुत गरे । चीनबाट रेल ल्याउने सपना, उत्तरी नाका विस्तार गर्ने योजना, केरुङ–काठमाडौं रेलमार्गको चर्चा तथा चिनियाँ पूर्वाधार सहयोगप्रतिको उत्साह, यसै राजनीतिक मनोविज्ञानका अभिव्यक्ति हुन् ।
समस्या चीनसँग सम्बन्ध विस्तार गर्नुमा होइन । समस्या के हो भने, राष्ट्रिय हितको स्पष्ट मूल्यांकन नगरी कुनै पनि शक्तिराष्ट्रप्रति राजनीतिक आकर्षण र भक्तिभाव देखाउनुमा छ । चीनले तिब्बतमा पछिल्ला वर्षहरूमा सडक, रेल, विमानस्थल, जलविद्युत्, ऊर्जा तथा सीमा क्षेत्रमा पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ । चीनका लागि यी परियोजना आर्थिक विकास, क्षेत्रीय पहुँच र सीमासुरक्षासँग सम्बन्धित हुन सक्छन् । तर नेपालको दृष्टिकोणबाट भने हिमालयको कमजोर भौगोलिक संरचनामा भइरहेको तीव्र निर्माणले पार्ने वातावरणीय तथा विपद् जोखिमलाई बेवास्ता गर्न मिल्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)