मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मन्त्रिपरिषद् बैठकले गर्‍यो बजेट स्वीकृत

hamrakura.com · Fri May 29 00:00:00 GMT 2026

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गरेको छ। आज बसेको मन्त्रिपरिषद्को विशेष बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा प्रस्तुत गर्न लागेको उक्त बजेट वक्तव्यलाई स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठक सकिएपछि जानकारी दिँदै शिक्षामन्त्री सस्मित पोखरेलले आज बजेटको विशेष दिन भएकाले बैठकले एउटै मात्र मुख्य निर्णय गरेको स्पष्ट पारे। उनका अनुसार मन्त्रिपरिषद्ले बजेट वक्तव्यलाई सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।

मन्त्रिपरिषद्बाट बजेट स्वीकृत भएसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले बजेट भाषणका लागि संसद् भवन नयाँ बानेश्वर पुगिसकेका छन्। नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने बाध्यकारी नियम रहेको छ।

यस पटकको बजेट प्रस्तुतिमा अर्थमन्त्री डा वाग्लेले विगतका वर्षहरूमा जस्तो परम्परागत ब्रिफकेस (झोला) बोक्ने छैनन्। अर्थमन्त्री डा वाग्ले अहिले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय