अर्थमन्त्री वाग्ले बजेट सुनाउन संसद् प्रवेश
baahrakhari.com · Fri May 29 10:32:35 GMT 2026

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले बजेट प्रस्तुत गर्न संसद् बैठकमा प्रवेश गरेका छन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वाचन गर्ने प्रयोजनका लागि संसद् बैठकमा प्रवेश गरेका हुन् । उनी नेपाली कागजको झोला बोकेर संसद् प्रवेश गरेका हुन् ।
अहिले उनी सांसदहरूसँग कुराकानी गरिरहेका छन् । केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको थियो ।
#बजेट
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)