सर्लाहीकी ईशा अमेरिकामा जहाज उडाउन सिकाउँदै:
barnanmedia.com · Mon Jun 22 05:59:08 GMT 2026

सर्लाहीकी ईशा अमेरिकामा जहाज उडाउन सिकाउँदै:
सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा हाल अमेरिकाको टेक्ससमा फ्लाइट इन्स्ट्रक्टरका रूपमा अन्य विद्यार्थीलाई जहाज उडाउन सिकाउँछिन्। सन् २०२२ मा अमेरिका पुगेकी उनले ८२ हजार डलर खर्चमा डेल्टा क्वालिफ्लाइटबाट सफलतापूर्वक पाइलट कोर्स पूरा गरेकी हुन्।
कुनै समय डाक्टर बन्ने सपना बुनेकी ईशाले कोभिडका कारण परिस्थिति बदलिएपछि पाइलट रोजेकी थिइन्। हालसम्म ३२५ घन्टा उडान अनुभव बटुलिसकेकी उनी अहिले टेक्ससभित्रै ट्रायल फ्लाइट गरिरहेकी छन्। अब सन् २०२७ सम्म ७०० घन्टाको अनुभव पूरा गरेर अमेरिकाकै प्रतिष्ठित व्यावसायिक एयरलाइन्समा मुख्य पाइलट बन्ने उनको बलियो लक्ष्य रहेको छ
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)