तारा कसरी बन्छ ?
rajdhanidaily.com · Tue Jul 30 23:59:35 UTC 2024

तारा आफैंमा बलिरहने आगोको पिण्ड हो । पृथ्वीदेखि कयौं प्रकाश वर्ष टाढा रहे पनि तारा पृथ्वीवासीका लागि आशा बनेका छन् । चकमन्न अँध्यारो रातमा तिनले दिने सानो चमक र उपस्थितिले मानिस निकै आशावादी हुन्छ । केही कुराको दीर्घकालसम्म प्रतिज्ञा लिनुपरेमा ‘आकाशमा तारा रहँदासम्म’ भनेर वचन दिने पनि गरिन्छ ।
तर, तारा कसरी बन्छ ? यसका ’boutमा अनौठो तर रोचक तथ्य छ । हाम्रो ब्रह्माण्ड अथाह छ । यो आफैंमा असीमित छ । यो असीमित ब्रह्माण्डमा छरिन पुगेका धूलो र ग्यास कयौं कालसम्म एक ठाउँमा जम्मा हुन थालेपछि ती धूलो र ग्यासको पिण्डमा परिणत हुन थाल्छन् । यसलाई नोभा भनिन्छ । यो सूर्यभन्दा पनि ठूलो आकारमा छ भने यसलाई सुपरनोभा भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)