तराई–मधेसमा तीजसँगै चौठचन्द्र पर्व मनाइँदै
ratopati.com · Mon Sep 14 05:20:18 GMT 2026

जनकपुरधाम । मिथिला क्षेत्रअन्तर्गत तराई–मधेसका विभिन्न जिल्लामा आज चौठचन्द्र (चौरचन) पर्व धुमधामका साथ मनाइँदैछ । यस वर्ष हरितालिका तीज पनि आजै परेकाले मधेसका महिलाले दुवै पर्व एकैसाथ मनाइरहेका छन् ।
भाद्र शुक्ल चतुर्थीका दिन मनाइने चौठचन्द्र पर्वमा महिलाहरू दिनभर निराहार व्रत बसेर साँझ चन्द्रमा उदाएपछि फलफूल तथा विभिन्न पकवानसहित चन्द्रमा र गणेशलाई अर्घ्य दिने गर्छन् । दही, खिर, पुरी, ठेकुवालगायतका पकवान तयार गरी पूजा गर्ने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)