सर्वोत्तम पेन्ट्सको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन नगद र बोनस ?
arthasansar.com · Mon Sep 14 05:22:37 GMT 2026

सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ । चुक्ता पुँजी ३४ करोड रुपैयाँको १० प्रतिशत बराबरको बोनस सेयर प्रस्ताव गरेको हो । बोनस सेयरको रकम ३ करोड ४० लाख रुपैयाँ बराबर हुनेछ । त्यस्तै कर प्रयोजनका लागि कम्पनीले १७ लाख ८९ हजार ४७४ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ। यससँगै कम्पनीले कुल १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)