मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा

ratopati.com · Mon Jun 22 06:12:48 GMT 2026

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेपछि जोरायल गाउँपालिका–६ का चित्रराज भट्ट यतिबेला यस प्रजातिको धान रोप्न आतुर देखिन्छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण अभियान थालनी भएपछि यस धानको खेतीतर्फ भट्टलगायतका किसान आकर्षित भएका हुन् ।

पालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेललगायतका ठाउँका किसान यतिबेला धमाधम खेत रोपाइँमा व्यस्त देखिन्छन् । जिल्लाको जोरायल गाउँपालिका–३ र ४ का उपत्यका क्षेत्रमा मात्रै लगाइने यो धान पछिल्लो समय लोप हुने अवस्थामा थियो । यस धानको चामलको भात पकाउँदा निकै मिठो बास्ना आउने तथा अरु विभिन्न परिकार पनि बनाउन मिल्ने भएकाले यसको चामल निकै लोकप्रिय मानिँदै आएको छ । यहाँका स्थानीयवासीले यस प्रदेशभन्दा बाहिर पनि यसको चर्चा पु¥याउन र उचित संरक्षण तथा विस्तारका लागि आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय