सुनचाँदीकै मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
lokaantar.com
नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यवृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०० ले वृद्धि भएको छ । यस्तै, चाँदी ४० ले बढेको छ ।
आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार सातसय र चाँदी चार हजार ७३० निर्धारण भएको हो ।
आइतबार एकतोला सुनको मूल्य दुई लाख ८७ हजार ३०० मा कारोबार भएको थियो । एकतोला चाँदीको मूल्य चार हजार ६९० मा कारोबार भएको थियो ।
शुक्रबार एकतोला सुन दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ६४० मा खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)