सरकारविरुद्ध दृष्टिविहीन आन्दोलित : धरपकड र जबरजस्ती गरेकामा आक्रोशित
baahrakhari.com · Mon Jun 22 06:16:00 GMT 2026

काठमाडौं । सडकपेटीमा आश्रित दृष्टिविहीनले सरकारविरुद्ध प्रदर्शन थालेका छन् । आफूहरूलाई बलपूर्वक हटाउने र जबरजस्ती धरपकड गरिएको भन्दै उनीहरू रुष्ट छन् । सोमबार (असार ८) काठमाडौंको माइतीघरमा उनीहरूले वर्तमान सरकारले सडकपेटीमा समेत गरी खान नदिएको भन्दै धर्ना दिन सुरु गरेका हुन् ।
सरकारले सडकपेटी, मठमन्दिर, चोकलगायत क्षेत्रमा बसेर गरी खान समेत नदिने, उल्टै नगरप्रहरीले आएर धरपकड, जबरजस्ती गर्ने गरेपछि आफूहरू त्यसविरुद्ध धर्नासहितका आन्दोलन गर्न बाध्य हुनुपरेको सडकपेटीकेन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीको समूहका संयोजक सुदीप ओलीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ