आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
nepalnews.com · Mon Sep 14 05:32:35 GMT 2026

चितवन। नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरुमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ। हाल मुख्य अस्पतालसहित २५ ठाउँबाट उपचार सेवा दिएको छ भने थप दुई ठाउँमा विस्तारको तयारी गरेको छ।
अस्पतालले चितवनसहित आठ जिल्लामा रहेका यी अस्पताल र उपचार केन्द्र बाहेक शिविर सञ्चालन गरेर थप उपचार सेवा दिँदै आएको छ। मुख्य अस्पताल भरतपुरको बाइपास सडकमा छ। भरतपुरको उकालोमा सिटी क्लिनिक, पर्साको ठोरी र कावासोतीमा सेकेन्डरी आँखा अस्पताल, नवलपरासीको मध्यविन्दु र सर्लाहीको ईश्वरपुरमा सर्जिकल सेन्टर रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)