नेपाल ल्युब आयलले २१.०५ प्रतिशत लाभांश दिने, असोज १९ गते साधारण सभा।
arthasansar.com · Mon Sep 14 05:33:41 GMT 2026

नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १९ गते ३५औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको ३९१औँ सञ्चालक समिति बैठकले असोज १९ गते सोमबार बिहान ११ः३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा सभा गर्ने निर्णय गरेको हो। बोनस र नगदसहित कम्पनीले कुल २१.०५२६४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। नगद लाभांशको रकम ५२ लाख ९२ हजार १३८ रुपैयाँ ८६ पैसा रहेको छ। कम्पनीका अनुसार लाभांशमा लाग्ने कर कट्टी नगद लाभांशबाट गरिनेछ र कर कट्टीपछि बाँकी रकम शेयरधनीलाई वितरण गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)