धुर्मुसले अमेरिकाबाटै ल्याए ‘म त मर्छु कि क्या हो’
baahrakhari.com · Mon Sep 14 05:32:00 GMT 2026

काठमाडौं । कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाटै हास्य टेलिश्रृंखला ‘म त मर्छु कि क्या हो’ निर्माण तथा प्रशारण सुरु गरेका छन् । अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रबाट धुर्मुस सुन्तलीले ‘म त मर्छु कि क्या हो’ निर्माण सुरु गरेका हुन् ।
टेलिश्रृंखलाको पहिलो श्रृंखला शुक्रबार प्रसारण गरिएको थियो । धुर्मुस–सुन्तली मिडियाको निर्माणमा तयार भएको यो सिरियल अब हरेक शुक्रबार राति ८ बजे प्रसारण हुने निर्देशक, लेखक तथा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)