बाढीले भूकम्पपीडितका अस्थायी टहरा बगायो, जाजरकोट–डोल्पा सडक अवरुद्ध
baahrakhari.com · Mon Sep 14 05:31:00 GMT 2026

सुर्खेत । अविरल वर्षापछि आइतबार (भदौ २८) राति आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–१ र २ बीचमा पर्ने बौलाह खोलामा भूकम्पपीडितका अस्थायी आवाससहित पसल, फ्रेस हाउस र अरू संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बौलाह खोलामा आएको बाढीबाट मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक किरण सापकोटाले बाह्रखरीलाई जानकारी दिए । नलगाड–१, बैरिताल क्षेत्रमा भूकम्पपछि बनाइएका अस्थायी टहरामा ठूलो क्षति पुगेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)