२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइयो
arthadabali.com · Fri May 29 10:54:58 GMT 2026

काठमाडौँ / सरकारले औद्योगिक कच्चा पदार्थमा लाग्दै आएको भन्सार महसुल घटाउने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर तयारी वस्तुमा भन्दा कम्तीमा एक तह न्यून हुने गरी घटाइएको जानकारी दिएका छन्।
सरकारले औद्योगिक उत्पादनलाई प्रवर्द्धन गर्न र स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन यस्तो नीति ल्याएको हो। भन्सार दर घटाएपछि उत्पादन लागत कम हुने र निजी क्षेत्रको लगानी विस्तार हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)